add frist

नागरिक संवाद केन्द्रमा कानुन निर्माण प्रक्रियाबारे छलफल

बुटवल, भदौ । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संघिय संसदले साउने महिनाभरीे गरेको बिधेयक प्रक्रियाको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा साउन महिनामा संघीय सरकारले दर्ता गरेका विधेय, निर्माण गरेका ऐन तथा कानूनका साथै प्रदेश सरकारले निर्माण दर्ता गरेको विधेयक, निर्माण गरेका ऐन तथा कानूनको विषयमा छलफल गरिएको हो । नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्माले प्रदेश सरकारले गरेका काम कारवाहीको विषयमा जानकारी गराएकी थिइन । साथै संघिय संसदको बिषयमा नागरिक संवाद केन्द्रले गरेको कार्यमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले गरेको कामको बारेमा पनि यस्तै किसिमको कार्यक्रम ल्याएन आग्रह गर्दै यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताइन् । कार्यक्रममा नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने बताइन । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं.–४ का अध्यक्ष टंक प्रसाद पराजुली,न्यायिक समिति सदस्य गोमती सुनार,वडा सदस्य सुरेन्द्र श्रेष्ठ लागायतले विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु