add frist

नागरिक संवाद केन्द्रमा कानुन निर्माण प्रक्रियाबारे छलफल

बुटवल, १३ असार ।
नागरिक संवादद केन्द्र बुटवलको आयोजानमा कानून निर्माण प्रक्रियाको विषयमा छलफल गरेको छ । संघीय सरकारले दर्ता गरेका विधेय, निर्माण गरेका ऐन तथा कानूनका साथै प्रदेश सरकारले निर्माण दर्ता गरेको विधेयक, निर्माण गरेका ऐन तथा निममावली र कानूनको विषयमा छलफल गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, थान कुमारी थापा, पुष्पा थरुनी लगायतले प्रदेश सरकारले गरेका काम कारवाहीको विषयमा जानकारी गराएका थिए । बुटवलका अधिवक्ता, कानून व्यवसायी, उद्योगी तथा सरोकारवालाहरुको सहभागीता रहेको छलफल कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थान कुमारी थापाले सुरुवाती बर्षमा प्रदेश सरकार भौतिक संरचनाको अभाव र कर्माचारी अभाव झलेको कारण समस्यामा रहेको भन्दै अव बजेट कार्यान्वयनको बर्षको रुपमा सरकारले काम गरिरहेको जानकारी दिईन् । यस्तै अर्की प्रदेश सभा सदस्य(सांसद) दिपा विश्वकर्माले सरकारले विभिन्न अफ्ठारोको बाबजुत धेरै कार्य गरेको भन्दै किसान मैत्री बजेट निर्माणको क्रममा रहेको जनाईन् । कार्यक्रममा नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने बताइन । कार्यक्रममा अभिवक्ता तथा सिद्धार्थ बहुमुखी क्याम्पस प्रमुख बाबुराम पाण्डे, अधिकारकर्मी ईन्दिरा अचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष नेरा गौतम लागायतले विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु