गृहपृष्ठ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो
"शनिबार ८ सय ८४ जना संक्रमित थपिए"

बुटवल । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृकको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाल्पाका ३० वर्षिया, काठमाडौंका ५१ वर्षिया र भक्तपुरको ६२ वर्षिया महिला रहेका छन । यसैगरी पर्सामा ४८ र ३९ वर्षिय, ललितपुरमा ७२ र ६१ वर्षियको पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । यसैगरी सिरहामा ८४ वर्षिय पुरुष, गोरखामा ३८ वर्षिय, कास्कीमा ५८ वर्षिय, काठमाडौंमा ८३ वर्षिय र भक्तपुरमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो ।
शनिबार नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएकोमा २ सय ४२ महिला र ६ सय ४२ मा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोभिड संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको कोरोना परीक्षण भएको छ ।
शनिबार ३ सय १३ जना डिस्चार्ज भए सँगै आजसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।