नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो

बुटवल, बैशाख । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार सांझ थप २४ जना नयां संक्रमित थपिएका हुन् । जसमध्ये रुपन्देहीका १२ जना रहेका छन् ।
त्यस्तै कपिलवस्तुका ८ जना, पर्साका तिनजना र नवलपरासीका एकजना रहेका छन् । रुपन्देहीका संक्रमितमा ९ जना पुरुष र ३ जना महिला रहेका छन् भने कपिलवस्तुका सबै पुरुष भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।
त्यस्तै पर्साका दुई पुरुष र एक महिला र नवलपरासीका पुरुष रहेका छन् । संक्रमितहरुको उमेर समुह ४ वर्षदेखि ७४ वर्ष सम्मका रहेका छन् ।
याे संगै रुपन्देहीमा संक्रमितको संख्या २८ पुगेको छ ।