add frist

गृहपृष्ठ नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

"नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा पहिलो संक्रमण"

आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । संक्रमित हुनेमा भारतका फर्किएका कञ्चनपुरका एक ४१ वर्षका पुरुष र अर्का २१ वर्षीय युवक रहेका छन् । त्यस्तै यस अघि कैलालीमा संक्रमण देखिएका एक पुरुषको ३४ वर्षीया महिला आफन्तमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनी संक्रमित पुरुषको भाउजू भएको खुलेको छ ।

हाल तीनै जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ । यस अघि नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको नदेखिएकोमा यस पटक भने देश भित्रै मानव देखि मानव संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु