add frist

नेपाल बजार बिक्री प्रतिनिधी संघको पाँचौँ राष्ट्रिय सम्मेलन बुटवलमा

बुटवल, १२ जेठ | राष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीका उत्पादनहरुलाई बजारसम्म पुराउने कम्पनीका प्रतिनिधीहरुको संस्था नेपाल बजार बिक्री प्रतिनिधी संघको पाँचौँ राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । आगामी जेष्ठ २४ र २५ गते दुई दिनसम्म बुटवलमा पाँचौ राष्ट्रिय सम्मेलन तथा महाधिबेशन गर्न लागिएको बुटवलमा पत्रकार सम्मेलन गरी संघले जानकारी दिएको छ ।
देशभरका उद्योग र प्रतिष्ठानमा विक्री तथा बजार प्रतिनिधीका रुपमा काम गर्ने कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेको सो संघको पाँचौ महाधिबेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधी तथा पर्यबेक्षकहरुको उपस्थिति रहने पाँचौ महाधिवेशन मुल समितका संयोजक छविलाल शर्माले जनाकारी दिएका छन ।
देश भरका बिभिन्न २० शाखाबाट प्रतिनिधित्व हुने गरी बुटवलमा हुने अधिवेशनको तयारी तिव्र पारिएको र व्यवस्थापनका लागि काम भैरहेको व्यवस्थापन समिति संयोजक सूर्य पराजुलीले जनाकारी दिए । अधिवेशनका लागि पत्राचार, समन्वय लगाएतका कार्यहरु भैरहेको प्रचार संयोजक युवराज खनालले बताए । महाधिवेशनले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न माग गर्ने एजेन्डा समेत पेश हुने मुल आयोजक समिति संयोजक शर्माले बताए ।
अधिवेशनका लागि करिव १५ लाख खर्च हुने अनुमान गरिएको आर्थिक समिति संयोजक राम प्रसाद पन्थीले जानाकारी दिनुभयो । उहाँले खर्चको लागि आन्तरिक स्रोतलाई मुख्य प्राथमिकता दिइएको बताउनुभयो ।
अधिवेशनका्े पहिलो दिन जेष्ठ २४ गते झाँकी सहितको र्याली समेत निकालिने बताइएको छ । २५ गते शनिवार भएको र २४ गते शुक्रवारका लागि विदा दिन उद्योग प्रतिष्ठनहरुलाई आग्रह गरिएको संयोजक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु