add frist

गृहपृष्ठ न्युरोडमा आगलागी हुँदा करिब ७ करोडको क्षती

न्युरोडमा आगलागी हुँदा करिब ७ करोडको क्षती

पोखरा, साउन । पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा मिनी मार्केटका प्रायः सबै सटरका सामानहरु जलेर नष्ट भएका छन्। दिउँसो एकाएक आगलागी हुँदा ३२ सटरका ७ व्यवसायीको प्रायः अधिकांश माल(सामानहरु जलेर नष्ट भएको एस मिनी मार्केटका संचालक युवा व्यवसायी यदुनाथ अधिकारीले । उनका अनुसार मार्केटमा आगलागी हुँदा करिब ७ करोड मुल्य बराबरको क्षती भएको छ । मंगलबार दिउँसो करिब ४ बजे तिर लागेको आगो करिब डेढ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । युनिक फम हाउसबाट आगलागी शुरु भएको हुन सक्ने कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उनले बताए । फम हाउसमा लागेको आगो धेरै सामानहरु भएको साना साना कोठाहरुमा फैलिएको र मिनी मार्केटमा माथि टिनले छाएको हुँदा मार्केटका अधिकाशं सामानहरु जोगाउन नसकिएको एसपी कार्कीले जनाए । आगो नियन्त्रण गर्न प्रदेशको विपद व्यवस्थापनको टोली सहितकोे सुरक्षाको अधिकाशं फोर्स परिचालन गरिएको एसपी कार्कीले बताए । आगो नियन्त्रणमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानिय, पोखरा महानगरपालिकाका ३ वटा दमकल र पानी सप्लायर्सहरुका पानी ट्याङकरहरुको सहयोग र साथबाट आगो नियन्त्रणमा लिएको हो । समयमै सावैको साथ र सहयोगले गर्दा आगोलाई मिनी मार्केट भन्दा अन्य क्षेत्रमा फैलिन नदिन सफल भएको थियो । अधिकारी सहित पोखरा उद्योग बाणिज्य संघका महासचिव समेत रहेका युवा व्यवसायी अर्जुन पोख्रेलले ६ बर्ष अघि करिब एक करोडको लागतमा झण्डै डेढ रोपनी जमिनमा उक्त मिनी मार्केट संचालन गरेका थिए । मार्केटसंगै रहेको शिवशक्ति फर्निचरका सामानहरु सुरक्षाकर्मी तथा स्थानियले बाहिर निकालेर आगोबाट बचाएका थिए । मार्केट भन्दा करिब ५० मिटर उत्तर पश्चिम पट्टि भाट(भाटेनी सुपर मार्केट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु