add frist

गृहपृष्ठ न्यु होराईजनमा गोल्ड मेडलबाट विद्यार्थी सम्मानित

न्यु होराईजनमा गोल्ड मेडलबाट विद्यार्थी सम्मानित

बुटवल, १६ असार । न्यू होराईजन माध्यमिक विद्यालयले बुटवलले एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई गोल्ड मेडल बाट सम्मान गरेको छ । उत्कृष्ट जिपिए ल्याएको भन्दै आईतबार विजयी ¥यालीको आयोजना गरेको विद्यालयले आज ४ जिपिए ल्याउने ७ जना विद्यार्थीहरुलाई गोल्ड मेडलबाट सम्मान गरेको हो । विद्यार्थीहरुलाई शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकाल, विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, प्राचार्य लोकनाथ उपाध्ययायले गोल्ड मेडल लगाईदिएर सम्मान गरेका थिए । त्यसैगरी उत्कृष्ट जिपिए ल्याउने अन्य विद्यार्थीहरुलाई मायाको चिनो बाट सम्मान गरिएको थियो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिपेन्द्र ढकालले एसईईमा उत्कृष्ट ४ जिपिए ल्याएसंगै अझ बढि जिम्मेवार थपिएको बताए । उनले अहिलेको उत्कृष्ट नतिजालाई कायम राख्न सक्ने जीवनमै फड्को मार्न सकिने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्ययाय, उपप्राचार्य बालकृष्ण भण्डारी, न्यू होराईजन जिविएसका प्राचार्य गोपाल आचार्य, कार्यक्रम संयोजक भाष्करराज पाण्डे, अभिभावक संघ प्रदेश नं. ५ का अध्यक्ष हिम बहादुर थापा, जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, जिपिए ४ अंक ल्याउने छात्र अपिल चौधरी, छात्रा रोशना चौधरी लगाएतले बोलेका थिए । कार्यक्रम विद्यालयका उपप्राचार्य बासुदेव अर्यालको स्वागत तथा साहित्य विभाग प्रमुख हरी प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु