add frist

गृहपृष्ठ पारदर्शी बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न

पारदर्शी बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था लि.का केन्द्रिय संस्थापक संरक्षक डा.लक्ष्मीकान्त पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । आ.व.०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्षबाट प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक लक्ष्मण भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल यस संस्थामा जम्मा ६५४ सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु ८६,८२,०००/- ,कुलपँुजि रकम रु ५,४६,५१,०२७/- रहेको छ । लगानीमा रहेको कर्जा ४,८७,३२,६८३/- सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री रमेश कुमार भण्डारीले प्रस्तुत गरेका थिए । ति.न.पा.३.योगिकुटी स्थित दरवार लन पार्टी प्यालेशमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सिता खनाल ए.सीले स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन सचिव युवराज न्यौपानेले गरेका थिए । सोही कार्यक्रममा संस्थाका सदस्यहरु एवं सदस्यका छोराछोरीले शैक्षिक क्षेत्रका विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्नेलाई सम्मान एवं जेष्ठ नागरीक तथा असल सदस्यलाई सम्मान गरीएको छ । आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष चन्द्र बहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु