add frist

गृहपृष्ठ पारदर्शी साकोसको तिज मिलन कार्यक्रम सम्पन्न

पारदर्शी साकोसको तिज मिलन कार्यक्रम सम्पन्न

बुटवल,भदौ । पारदर्शी बचत तथा ऋण सहकारी संस्था ली. रुपन्देहीले शनिबार बुटवलमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीज पर्वले सबै महिलाहरूलाई एकै थलोमा भेला गराउन धेरै सहयोग गरेको भन्दै तीजको साँस्कृतीक महत्वलाई जोगाउन पर्नेमा कार्यक्रमका अध्यक्ष चन्द्र बहादुर महतले जोड दिए । साथै सहकारीका सदस्य बिच एकता,सहकार्य र सहकारीको समृद्धिको यात्रालाई निरन्तरता दिन यस प्रकारको कार्यक्रमले थप टेवा पुग्ने अध्यक्ष महतले बताए । कार्यक्रम संयोजक सीता बस्नेत क्षेत्रीको स्वागत मन्तव्य तथा सहकारीका सचिव  युवराज न्यौपानेको संञ्चालनमा भएको उक्त कार्यक्रम बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु