add frist

पारदर्शी साकोसको ११ औ साधारण सभा तथा स्थापना दिवस सम्पन्न

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उप महानगरपालिका वडा -१० का अध्यक्ष पदम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको र छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न सहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताए ।

कोभीड -१९ को सन्दर्भमा स्वास्थ सुरक्षा मापदण्ड अपनाइ सस्थाले मंसिर ३ देखि १५ सम्म प्रतिवेदन विवरण तथा उपस्थिती पुस्तिकामा हस्ताक्षर , मंसिर १६ देखि २३ सम्म सुझाव संकलन र मंसिर ३० गते प्रतिवेदन उपर शेयर सदस्यहरुको सुझाब एकीकृत एवं माइन्युट गरि साधारण सभा सम्पन्न गरिएको हो ।

हाल यस संस्थामा जम्मा ७०० सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु १०,१७८,०००/- कुलपुँजि रकम रु ६३,३५६,१७४/- रहेको छ । लगानीमा रहेको कर्जा ५१,१११,०६०/- सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

बुटवल उपमहानगरपालिका सुख्खानगर स्थित होटल स्पानमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मान बहादुर थापाले स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन सचिव युवराज न्यौपानेले गरेका थिए ।

आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष चन्द्र बहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु