‘पिरतीको गाउँ’ मा अमृत, करुणा र उत्सवको रोमान्स

[et_pb_section admin_label=”section”]
[et_pb_row admin_label=”row”]
[et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]काठमाण्डाै – नेपाली चलचित्र ‘सय कडा दश’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश‘पिरतीको गाउँ’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतमा स्वप्न सुमन र त्रिशाला गुरुङको स्वर रहेको छ । गीतको शब्द रवि मल्लले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका हुन् ।
चलचित्रको उक्तगीतको भिडियो लाई दिलिप ओखेडाले कोरियोग्राफी गरेकाहुन् ।
यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ ।
रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।
चलचित्रमा राजाराम पौडेल तथा मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।[/et_pb_text][/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]