add frist

गृहपृष्ठ पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट

पोखरा,जेष्ठ । सरकारले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई रु आठ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई आठ अर्ब बजेट विनियोजन गरेको जनाएका हुन् । सन् २०२० को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भइसकेको छ भने अन्य काम दुर्त गतिमा आगाडी बढिरहेको छ । यस्तै सरकारले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई प्रमुख प्राथमकितामा राख्दै निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्ष्भित्र सञ्चालनमा ल्याउने जनाएको छ । हाल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले रु तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । अन्य केही विमानस्थललाई रात्रिकालिन उडान हुने गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल निर्माण गरिनेछ भने धरहरा बनाउन रु एक अर्ब विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु