add frist

प्रदेश नं. ५ लाई सडक मानवमुक्त प्रदेश बनाउने : मन्त्री बराल

बुटवल, ११ जेठ |

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश नं. ५ लाई सडक मानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागि परेको बताएका छन् । शनिबार मानव सेवा आश्रम बुटवल शाखाको उद्घाटन गर्दै मन्त्री बरालले एक छाक खान नपाएर सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्दै सडक मानवमुक्त प्रदेश निर्माणमा सरकार लागेको उनले बताए । उनले मानव सेवा आश्रमको सहकार्यले आश्रमले परिकल्पना गरेको सडक मानवमुक्त देश अभियानमा समेत साथ दिने बताए । प्रदेश सरकारले सडक मानवमुक्तका लागि आवश्यक कार्यक्रम निती तथा कार्यक्रममा समेत समेटेको भन्दै यो अभियानमा प्रदेश सरकार लागेको उनले बताए । उनले मानव सेवा आश्रमलाई जग्गा उपलब्ध गराउने प्रयास भइरहेको समेत बताए । सडकमा रहेका बालबालिका, अपाङगता भएका, अशक्तहरुलाई पुर्नस्थापनका लागि मानव सेवा आश्रम लागेको भन्दै स्थानिय तह संगको सहकार्यमा आश्रमलाई आवश्यक जग्गा उपलब्ध गराउने आश्वासन समेत उनले दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल र सडकमानवमुक्त अभियानमा आश्रम संग सहकार्य गर्दै अगाडि बढेको उनले बताए । उनले आवश्यक सहयोगका लागि उपमहानगरपालिका समेत तयार भएको उनले बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले २०८२ भित्रै नेपाल देशलाई नै कोहि पनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने गरी आश्रम सेवामा लागेको बताए । उनले गण्डकी प्रदेशले आश्रमका लागि जग्गा समेत उपलब्ध गराएर १ अर्बको लागतमा तिर्थ धामको रुपमा आश्रम निर्माण गर्ने प्रक्रियामा अगाडि बढेको बताउँदै बुटवलमा समेत जग्गा उपलब्ध गराईदिन आग्रह गरे । हाल मानवसेवा आश्रम ६ प्रदेशमा ११ जिल्लामा १४ स्थानमा सञ्चालित छ । यसै बर्ष भित्र सात ओटै प्रदेशमा आश्रमको सेवासञ्जाल विस्तार गरी आश्रमले धमाधम घरबारविहिन, वेसाहारारहित क्षेत्र घोषणाका कार्यक्रमलाई तिब्र बनाउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु