add frist

प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम

बुटवल, ९ असार । प्रदेश न ५ प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख डा. इश्वर गौतमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए । बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत रहेका छन् । यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार क्षेष्ठले आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजिनामा दिएका थिए। डा. श्रेष्ठलाई २०७४ साल चैत्र ६ गते बसेको मन्त्रीपरिषद बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु