add frist

बसन्तको “मृत्युदण्ड” बजारमा

बुटवल | अर्घाखाँची जिल्लाको पाडेणी गाउपालिकामा जन्म लिएर बिगत लामो समयदेखि बुटवललाई आफ्नो कर्मथलो बनाई सांगीतिक क्षेत्रमा संघर्षरत छन गायक वसन्त लम्साल । आफ्नो कला र गला प्रस्तुत गर्दै दर्शक श्रोताको मनमा बस्दै आउने क्रममा उनले ५ दर्जन जति गीतहरुमा काम गरिसकेका छन ।

गीत संगीतको अनवरत यात्रा गर्ने क्रममा तिनै गायक लम्साल अहिले मृत्युुदण्डसम्म आईपुगेका छन ।पछिल्लो समय तिनै गायक लम्सालले लोक दोहोरी गीत मृत्युुदण्ड लिएर दर्शक श्रोतामाँझ आएका छन । विशेषतस् माया पिरतिमा हुने छल, अनुभव, भोगाई र उतारचढावलाई गीतले समाबेश गरेको छ ।

बिष्णु फुल्लेलको शब्दमा तयार भएको उक्त गीतमा बिष्णु माझिको साथमा स्वयम् वसन्त लम्सालको स्वर रहेको छ । उक्त गीतको लय भने खेम सेन्चुरीले तयार परेका हुन । गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेको छ । ॐ शिव फिल्मसले तयार पारेको उक्त गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारीका साथमा सगुन शाहिको समेत अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको उक्त भिडियोलाई हरिष महराले छायांकन गरि अमर शाक्यले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु