add frist

बागलुङकी एक युवतीमा कोरोना संक्रमण

पोखरा । बागलुङकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी जानकारी दिएका हुन् । गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही विमानमा सवाररत बागलुङकी  ती युवतीको बागलुङ स्थित धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

कोरोना संक्रमणको आशंकामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट संकलित १७ जनाको स्वाब परीक्षणमा पहिलोपटक बागलुङकी युवतीमा कोरोना भाइरस पुष्टि भएको जानकारी आएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले बताए ।

प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये अन्य १४ जनामा कोरोना नरहेको पाइएको र २ जनाको रिपोर्ट आउन बाँकी रहेको शर्माले बताए ।

यससँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या पाँच पुगेको छ । उनीहरू मध्ये एकजना निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु