add frist

बुटवलको बजेट २ अर्ब १ करोड

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि २ अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो ।

संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ११ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आवमा एक अर्ब ९० करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो । प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७र०७८ का लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यसपालीको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।

बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने भएको छ । कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र आर्थिक सामथ्र्य खुम्चिएकाले बुटवलको बजेटमा पनि त्यसको असर परेको बजेट भाषणमा बताइएको छ ।
‘उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको छ । होटल, यातायात लगायतका कतिपय सेवा उद्योग व्यवसाय ठप्प प्रायः भएको छ । सिंगो समाज र अर्थतन्त्र पुर्नस्थापना र राहतको पर्खाईमा छन् । रोजगारी गुमेको छ रोजगारीका गन्तव्य फेरिन पुगेको छ ।

नयाँ रोजगगारीका अवसर सिर्जना गर्दै कोभिड १९ लगायतका महामारी तथा विपदको सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्वास्थ्य शिक्षा र खाद्य सुरक्षालाई जोड दिदै रोजगारीका अवसर सृजना गरी स्थानीय सेवालाई प्रभावकारी बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व हामीसंग रहेको तथ्यलाई मैले बुझेको छु र आर्थिक वर्ष २०७७र०७८ को बजेट तर्जुमा गर्दा तिनै विषयलाई समेटने प्रयास गरिएको छ ।’ बजेट भाषणमा उल्लेख छ ।

बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल स् खुसी जनता’ रहेको उल्लेख छ । उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसंगै यो आकारको बजेट प्रस्तुत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु