बुटवलमा कोरोना संक्रमित ३३४ पुगे, वडा नं. ११ मा सबैभन्दा धेरै

बुटवल । बुटवल उपमहानगरपालिकामा कोभिड १९ ( कोरोना भाईरस ) संक्रमितको संख्या ३ सय ३४ पुगेको छ । मंगलबार थपिएका ३२ जनासंगै ३ सय ३४ जना संक्रमित पुगेका हुन् ।
बुटवलको वडा नम्बर ७ र १८ बाहेक अन्य सबै पालिकामा कोरोना संक्रमित फेला परेको नगरपालिकाले जनाएको छ । बुटवलमा ८२ जना कोरोनालाई जितेर निको भएका छन् भने २ सय ५२ जना बिभिन्न आईशोलोसनमा उपचाररत रहेका छन् ।
बुटवलको सबै भन्दा बढि वडा नम्बर ११ मा ८९ जना संक्रमितहरु पुगेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।
यस्तै बुटवलको वडा नम्बर ३ मा ४२ जना, १३ मा ३४ जना, ६ मा २९ जना, ८ मा २४ जना, ४ मा १७ जना, १२ मा १७ जना, ९ मा १४ जना, १ मा १२ जना, १५ मा ८ जना, ५ मा ५ जना, १२ मा २ जना र १६, १७ र १९ मा ३÷३ जना संक्रमितहरु रहेका छन् ।
अन्य क्षेत्रबाट बुटवलमा आएर बसिरहेका १९ जनामा पनि संक्रमित पुष्ठी भएको हो । यस्तै कोरोना संक्रमणको कारणले बुटवल उपमहानगरपालिकामा ३ जनाको ज्यान गईसकेको छ । बुटवल वडा नम्बर १, ५ र ११ का १–१ जनाको कोरोनाकै कारणले ज्यान गएको हो ।