बुटवलमा २५ सहित रुपन्देहीका थप ५३ जनामा कोरोना संक्रमण

बुटवल,भदौ । बुटवल उपमहानगरपालिकाका २५ जना सहित बिहिबार रुपन्देहीका ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका २२ महिला र ३१ पुरुष गरी ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बिहिबार पुष्टि भएका संक्रमितहरुमा बुटवल उपमहानगरका २५ जना, तिलोत्तमा नगरपालिकाका १७ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना, देवदह नगरपालिकाका ५ जना तथा ओमसतिया र रोहिणी गाउपालिकाका १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससँगै रुपन्देहीमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ८ सय १३ पुगेको छ भने ४ सय ५५ जना उपचारपछि निको भएर घर फर्कीएका छन् ।
रुपन्देही जिल्लामा हालसम्म ७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।