add frist

गृहपृष्ठ बुटवल अटोको पदस्थापन कार्यक्रम सम्पन्न

बुटवल अटोको पदस्थापन कार्यक्रम सम्पन्न

बुटवल, भदौ । बुटवल–२ मैनाबगरमा रहेको बुटवल अटो ईन्जिनियरिङ्ग एशोसियसनको १२ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष तथ कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत शालिकराम बन्जाडेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष पाण्डेले नव निर्वाचित अध्यक्ष बाबुलाल पाण्डे र कोषाध्यक्ष दिपेश धिमिरेलाई माइन्युट हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमको प्रमुख आथित्यतामा विशिष्ट अथितिहरु वार्ड नं–२ का अध्यक्ष रमेश प्रसाद नेपाल र नेपाल अटो मेकानिक्स व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष जर्नादन गैरे रहेका थिए । प्रमुख अथिति गौतमले बोल्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायीहरुको हकहितको लागि नयाँ टीम लागेमा संसथाको व्यवसायिक हित हुने बताए । विशिष्ट अथिति तथा वार्ड नं २ का अध्यक्ष नेपालले बोल्दै मैनावगरमा रहेको अटो भिलेज नेपालकै नमुना अटो भिलेजको रुपमा रहेकोले यसको विकास र समृद्धिको लागि वडा र नगरपलिकाबाट समन्वय गरी अघि बढ्ने बताए । कार्यक्रममा निर्वतमान उपाध्यक्ष प्रेम गौचन, संस्थाका पूर्व अध्यक्षहरु भोज बहादुर बुढाथोकी,टंक गैरे, प्रेम फौदार, संस्थाका सल्लाहकार टंक पोखरेल,ज्योति भण्डारी धन वर्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश कुमार पाण्डे,संस्थाका लेखा समिति संयोजक चन्द्रमणि भण्डारी,व्यवसायी खेम आचार्यले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । पदस्थापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु,निर्वाचन अधिकृतलाई मायाको चिनो प्रदान गरिएको थियो भने नयाँ कार्यसमितिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै नवनिर्वाचित अध्यक्ष बाबुलाल पाण्डेले आफ्नो टिमलाई विजयी बनाउन सहयोग गर्ने अटो व्यवसायीहरुलाई धन्यवाद दिदैँ आफ्नो कार्यकालमा अटो व्यवसायीहरुको हकहितका लागि निरन्तर लाग्ने बताए । कार्यक्रम बाबुलाल पाण्डेको अध्यक्षतामा, बरिष्ठ उपाध्यक्ष बाबुराम आचार्यको धन्यवाद ज्ञापनमा महासचिव तुल्सीराम न्यौपानेको सन्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु