बुधवार पोखरामा २८ कोरोना संक्रमित थपिए

पोखरा । पोखरा महानगरका २८ सहित गण्डकी प्रदेशमा बुधवार थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार कास्की जिल्लाको पोखरा सहित वागलुङ, लमजुङ, गोरखा ,तनहुँ, स्याङ्जा, म्याग्दी र नवलपुर गरी ८ जिल्लाका ९२ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं ३ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ३५, ३९ र ४३ वर्षीय पुरुष तथा ४ वर्षीया बालिका सहित १८, १९, २९ र ६४ वर्षीया महिला, पोखरा ८ का १८, २५, २८ र ५९ वर्षीया महिला तथा ४१ वर्षीय पुरुष, पोखरा ९ का ३७ वर्षीय पुरुष, पोखरा १२ का २४ वर्षीया महिला, पोखरा १६ का ५२ वर्षिय पुरुष तथा ३३ र ३५ वर्षीया महिला, पोखरा १७ की २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष, पोखरा २१ का ४४ वर्षीय पुरुष, पोखरा ३३ का ३६ वर्षीय पुरुष तथा मनिपाल शिक्षण अस्पताल उपचाररत वडा नखुलेका एक ६३ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी वागलुङ काठेखोला १ का २२ वर्षीय पुरुष, २ का ३० वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा वागलुङ नगरपालिका २ का २२ देखि ४२ वर्षीय उमेर समुहका नेपाल आर्मीमा कार्यरत २७ जना पुरुष, लमजुङ सुन्दरबजार नगरपालिकाका २३ वर्षीय पुरुष, राइनास ७ का २३ र २५ वर्षीय पुरुष, गोरखा अजिरकोट ५ का २६ वर्षीय पुरुष, गण्डकी गाउँपालिका ७ की २२ वर्षीया महिला, स्याङ्जा आधिखोला का ४५ वर्षीय पुरुष, पुतलीवजार नगरपालिकाका १५ वर्षीय बालकदेखि ३१ वर्षीय उमेर समूहका ७ पुरुष र ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
तनहुँ ब्यासका स्थानीय स्कुलका ५१ र ५२र५२ वर्षीय शिक्षक, ब्यास ३ का २७ वर्षीय पुरुष, ब्यास १२ का कृषि सामाग्री कम्पनि लिमिटेडका पुरुष कर्मचारी, तनहुँ देवघाट ५ का ४३ वर्षीय पुरुष, तनहुँ भानु १ का ३ वर्षीया बालिका, म्याग्दीको बेनीमा कार्यरत ३० र ३६ वर्षका आर्मी, नवलपुर गैडाकोट १ का ४२ वर्षीय पुरुष, गैडाकोट २ की ३० वर्षीया महिला तथा ४७ वर्षीय पुरुष गैडाकोट ८ का ५६ वर्षीय पुरुष, गैडाकोट ९ का २२ वर्षीय पुरुष, गैडाकोट १० की २४ वर्षीया महिला तथा ४७ वर्षीय पुरुष, गैडाकोट १४ का २१ र ३६ वर्षीय पुरुष, मध्य बिन्दु नगरपालिका १५ का ७५ वर्षीय पुरुष, देवचुली १४ का ४७ वर्षीय पुरुष, कावासोती ३ का ६० वर्षीय पुरुष, तथा १३ का ३७ वर्षीय पुरुषमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १ जना पुगेको छ । गण्डकी प्रदेशमा ३ हजार १ सय ४९ जना संक्रमणमुक्त्त भएका छन् । प्रदेशमा बुधबार ६९ जना निको भएका छन् ।