बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पाल्पा, साउन । पाल्पामा बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका- १ घर भई नवलपरासी देउचुली नगरपालिका – ४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल रहेका छन् ।
पाल्पाको रामपुर नगरपालिका – ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई बोक्सीको आरोप लागाई झारफुक गर्ने बहानामा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने पुडासैनी र कुमाललाई शनिबार राती ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।