add frist

गृहपृष्ठ ब्लड क्यान्सर पिडित दिपालाई काइन्ड हर्ट फाउण्डेसनको सहयोग

ब्लड क्यान्सर पिडित दिपालाई काइन्ड हर्ट फाउण्डेसनको सहयोग

बुटवल , जेठ  ब्लड क्यान्सरबाट पिडीत कपिलबस्त बुद्धभूमि ९ इमिलियाकी १७ वार्षिय दीपा थापा बचाउनका लागि बुटवलमा रकम संकलन गरि हस्तान्तरण गरिएको छ । काइन्ड हर्ट फाउण्डेसन बुटवलले संकलन गरेको एकाउन हजार एक सय पाँच रुपैयाँ (५११०५) रकम हस्तान्तरण गरेको हो । फाउण्डेसनले भरतपुर को क्यान्सर अस्पतालमा पुगी सो रकम दिपाको दिदिलाई प्रदान गरेका हो । सो अबसरमा संयोजक योगेश पराजुली,सहसंयोजक अजय भुसाल, इन्दिरा गैरे, विश्व थापा, गोपाल खनाल, अम्बिका ज्ञवाली, शिव तिवारी,ध्रव पौडेल,प्रेमी पाण्डेय, अनिल जि.सी. लगायतकोे उपस्थिती रहेको थियो । संस्थाले समयसमयमा यस प्रकारका सामाजिक काम गर्दै आइरहेको संस्थाले जनाएको छ । दिपा विगत ३ महिना देखि ब्लड क्यान्सर बाट ग्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु