add frist

भारतमा एकैदिन १३ हजार सङ्क्रमित थपिए, ३ सय ३६ को मृत्यु

असार,बुटवल। भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३ सय ३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५ सय ३२ पुगेको मन्त्रालयको तथ्यांक छ ।

ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २ सय ४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा

धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५ सय ४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९ सय ७९ जना सङ्क्रमित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु