add frist

गृहपृष्ठ भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था लिमिटेडको छैठो साधारण सभा तथा दोस्रो अधिवेसन

भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था लिमिटेडको छैठो साधारण सभा तथा दोस्रो अधिवेसन

बुटवल, भदौ । भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था लिमिटेड गोंगवु काठमाण्डौ सम्पर्क शाखा देवदह रुपन्देहीको छैठो साधारण सभा तथा दोस्रो अधिवेसन देवदहमा सम्पन्न भएको छ । सहकारीका कार्यवाहक अध्यक्ष खोम बहादुर सिं ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी डा. लक्ष्मीकान्त पाण्डेले  छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न शहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताए । कार्यक्रममा अल नेपाल भारतीय भुपु शैनिक कल्णडकारी संघ गुल्मीका जिल्ला उपाध्यक्ष तथा शान्तीपुर ईकाई समितिका उपाध्यक्ष समाजसेवी राम बहादुर खत्रीको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा केद्रिय सल्लाहकार दल बहादुर कुंवर,विष्णु मायाँ बुढाथोकी, रमेश केसी, रघुनाथ अर्याल, ओम सतिया गाउपालिका २ वडा अध्यक्ष जानेश श्रेष्ठ, सिद्धार्थ मल्टी प्रपोज कलेज काठमाण्डौका सञ्चालक तथा मानवअधिकार आयोग केन्द्रीय सदस्य भेष शंकर पुरी, हरियाली पशु तथा कृषि महिला समुहका राप्ती नपा चितवनमा अध्यक्ष चन्द्र देवी तामाङ्ग, सल्लाहकराहरु राम बहादुर थापा, रेशम केसी, रघुनाथ अर्चाल, पारदर्शी सहकारीका व्यवस्थपक सिता थापा लगायतको आतिथ्यता रहेको थियो । साधारण सभा तथा अधिवेसनमा भिम बहादुर पाण्डे, सोभा थापा, मानव बहादुर थापा, सिता थापा, भेषशंकर पुरी, चन्द्र देवी तामाङ्ग, जानेश श्रेष्ठ,लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका सचिव चन्द्रबहादुर महत को सञ्चालनमा कार्यक्रम भएको थियो । सोही साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा खोम बहादुर सिं ठकुरी,उपाध्यक्षमा तेज बहादुर कुँवर,सचिवमा चन्द्र बहादुर महत, कोषाध्यक्षमा भीम बहादुर पाण्डे साथै सदस्यमा कुल बहादुर महत,ईन्द्र बहादुर थापा,शोभा कुमारी थापा,लाल बहादुर ठकुरी र गिता बस्नेत रहेका छन् । जसको लेखा संयोजक मोहन बहादुर खड्का र सदस्यमा लाल बहादुर गुरुङ र नरेन्द्र राज गिरी निर्वाचित भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु