add frist

भालुको आक्रमणबाट घाइते

पोखरा । पोखरामा भालुको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नं.१३ ढाँडवेशि निवासी २२ वर्षीय बिकास नेपाली भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

घाइते नेपालिको हाल पोखरास्थित मेट‍्टो सिटी हस्प्पिटल , सिर्जनाचोकमा उपचार भइरहेको छ। स्थानीय जंगलमा बाख्रा चराउन गएका नेपालीलाई शुक्रबार दिउँसो ३:३० बजेतिर भालुले एकाएक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको उन्का दिदी अनु गुरुङ्ले जानकारी दिइन ।

भालुको आक्रमणबाट नेपालीको दायाँ गाला, आँखा,टाउकोमा गहिरो घाउ भएको छ।

जंगलमा बाख्रा खोज्दै हिँडेका नेपालीलाई भालुले एकाएक झम्टिएको थियो। उनी भालुको आक्रमण पछि भागेर आफन्तलाई फोन गरि खबर गरेको बिरामी बिकास नेपालीले जनाए ।नेपालीलाई आफन्तले जंगलबाट उद्दार गरि अस्पतालमा पुराएका थिए। नेपालीले आफनै बिकास बाख्रा पालन फम बिगत २ बर्ष देखि संचालन गर्दै आएका छन । हाल फममा  ६० वटा बाख्रा छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु