add frist

मंसिर २१ देखि २७ गतेसम्मको राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । कठोर परिश्रम गर्नुपर्ने समय छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । मध्य साताबाट प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो 

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ काममा हात हाल्ने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । बुधबारबाट शैक्षिक क्षेत्र कमजोर रहनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

यो साता मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

रमाइलो यात्राको योग रहेको छ । मित्र वा आफन्तबाट मिल्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । वैदेशिक कार्य अघी बढ्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । बुधवारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

यो साता दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वैदेशिक कार्य अघी बढ्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग घिउरङ्ग वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ, तर अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु 

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे 

यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आँटेको काममा सफलता नमिल्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट आकस्मिक धन लाभ हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा गाढा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि 

अध्ययन–अध्यापनको क्षेत्रमा राम्रो खबर सुन्न पाउनु हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभ रङ्ग पहेंलो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा 

यो साता मनोरञ्जनमा सहभागी भइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग कलेजी वा घ्यूरङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

यो साता दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । छोटो दुरीको लाभदायक र धार्मिक यात्राको योगछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु