add frist

गृहपृष्ठ महिलाले पुरुषको कपाल काट्ने तालिम शुरु

महिलाले पुरुषको कपाल काट्ने तालिम शुरु

बुटवल । पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनको आयोजना र
देबदह नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि १ महिने पुरुषको कपाल काट्ने तालिम शुरु भएको छ ।

देबदह नगरपालिकाको उपमेयर सङ महिला कार्यक्रम अन्तरगत बिहिबार देखि शुरु भएको हो ।तालिमको उद्घाटन नगरपालिका प्रमुख हिरा बहादुर केसिले गरेका हुन । कार्यक्रममा बोल्दै नगरप्रमुख केसिले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम दिन लागेको बताए ।

उनले सीप लाई ब्यवहारमा लैजान र आय आर्जन गर्न सुझाब दिए । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट आए मुलक काममा लाग्न आग्रह गरे ।

सिकेको सिपले सके स्वदेशमा काम गर्नुपर्ने बताउदै उनले बैदेशिक रोजगारिमा जान समेत सहयोग पुग्ने बताए । महिलामा भएको सिपले नगरको आर्थिक क्रान्तीमा परिवर्तन हुने बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ले देशको करिब २ तिहाई महिला भएको क्षेत्र भएको बताउदै उनले महिलाको लागि काम गर्न आवश्यक रहेको महसुस गरेर तालिम सन्चालन गर्दै आएको बताईन ।

उनले निर्वाचनमा गरेका वाचाहरु स्वरुप यस्ता तालिम महिलाको लागि बिशेष गरि सन्चालन गरिएको बताईन । कार्यक्रममा नगरपालिका प्रवक्ता झिल्लु प्र न्यौपाने ,प्रमुख प्रशासकिय अघिकृत हरिदत्त कणेल, कलेजका संचालक मोहन ठाकुर, उपमेयर सङ महिला कार्यक्रम सदस्य देबु भट्टराई,बिष्णु केसि लगाएतले बोल्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । तालिममा ६० जना महिलाको सहभागीता रहेको छ ।तालिमको प्रशिक्षण रबि ठाकुरले गर्ने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु