महिला ह्याण्डबलको फाइनलमा नेपाल

पोखरा,मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्याण्डबल खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार पोखराको बहुउद्धेश्य कबर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २१ का विरुद्द २२ गोलको झिनो अन्तरले पराजित गर्दै पहिलो पटक फाइनल पुगेको हो ।
नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसग फाइनल खेल्नेमा प्रतिस्पर्धा गर्ने छ । पहिलो हापमा ८(११ ले पछि परेको नेपालले दोश्रो हापमा कम व्याक गर्दै एक गोल अन्तरले जित हासिल गरेको हो ।
यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १३ का विरुद्द ४१ गोल गर्दै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल अर्थात डबल ह्याट्रिक गरेका हुन्।