add frist

माघे संक्रान्तिमा खानेकुरा वितरण

रोजगारविहिन भएर सडकमा भौतारी रहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघी पर्व तथा माघे संक्रान्ति अवसरमा खानेकुरा वितरण गरेको छ ।

थापाथलीमा रोजगारविहीन भई भौतारी रहेका व्यक्तिहरुलाई माघे संक्रान्तिको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाइएको थियो । हुनेखानेले मात्रै होईन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे संक्रान्तिको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

रोजगारी नपाएको तथा दैनिक जीवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रवीन्द्र दाहालको भनाई छ । सरकारले रोजगारविहीन नागरिकलाई हेरचाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहीन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु