add frist

मास्क र औषधि निःशुल्क  वितरण गर्न प्रदेश ५ लाई अदालतको आदेश

बाँके, चैत्र । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सर्वसाधारणहरुलाई कोरोना भाइरसबाट जोगाउन मास्क र औषधि निःशुल्क वितरण गर्न प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश पवनकुमार शर्मा न्यौपानेको एकल इजलासले सोमबार रिटको सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

आदेशमा कोरोना भाइरस रोगको निःशुल्क औषधि उपचार, परीक्षण र निःशुल्क स्वास्थ्य उपचारको हकबाट वञ्चित नगर्न भनिएको छ । त्यस्तै कानून बमोजिमको निःशुल्क औषधि उपचार, रोकथाम, परीक्षण, निःशुल्क मास्क, निःशुल्क सेनिटाइजर उपलब्ध गराउन भनिएको छ ।

‘सबै विद्यालय कार्यालय, सघंसस्था अस्पताल स्वास्थ्य सस्था समेतमा हाथ धुने साबुन हृयान्ड वास सेनिटाइजरसमेतको व्यवस्था तत्काल गर्नु, गराउनु नागरिकहरुको जीवन रक्षा गरी स्वास्थ्य अधिकारबाट वञ्चित नगर्नु,’ आदेशमा भनिएको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जका तर्फबाट अध्यक्ष विश्वजित तिवारी, नेपालगन्ज १३ का कृष्णमुरारी प्रसाद भट्ट र बर्दिया बढैयातालका प्रतापसिंह थारुले आइतबार अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटको सोमबार सुनाई भएको हो ।

रिटमा प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उद्योग पर्यटन तथा बन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, बाँके र बर्दिया जिल्लाका प्रशासन, विपत व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय, स्थानीय तह, कारागार, विमान कार्यालयलाई विपक्षी बनाइएको छ ।

रिटमाथि भएको सुनवाईमा बरिष्ठ अधिबक्ता इन्द्रजीत तिवारी, अधिबक्ताहरु प्रहलादबहादुर कार्की, बसन्त गौतम, विकास आचार्य, केवलसिंह थारु, चित्रबहादुर शाही, कौशलकुमार बर्मा, सुदिप भटराई, राकेश सोनीले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु