मिस डायमण्ड नेपालको फाइनलमा १३ जना प्रतिस्प्रर्धी

बुटवल । रुपन्देहीको तिलोत्तमामा मिस डायमण्ड नेपाल प्रतियोगिताको शुभारम्भ गरिएको छ । सहासी कदम नेपाल रुपन्देहीले तेस्रो लिङ्गीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको मिस डायमण्ड नेपालको शनिबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।
रुपन्देही, गुल्मी, पाल्पा, नवलपुर, कपिलवस्तु, तनहुँ, चितवन लगायतका जिल्लाका एक दर्जन तेस्रो लिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताको शनिबार शारिरिक अशक्त महिला अम्बिका भण्डारीले केक काटेर शुभारम्भ गर्नु भयो ।
फागुन १५ गते फाईलन प्रतिस्प्रर्धा हुने प्रतियोगिताका लागि शनिबारदेखि प्रशिक्षण भएकोे साहसी कदम नेपालका अध्यक्ष आनीक राना मगरले जानकारी दिनुभयो ।
बन्द प्रशिक्षणबाट निखारिएका तीन प्रतिस्प्रर्धीलाई विजेता घोषणा गरिने छ । प्रतियोगिताबाट मिस डायमण्ड नेपालको उपाधी विजेताले नगद २० हजारसँगै थुपै गिफ्ट हेम्परहरु प्राप्त गर्ने सचिव रेशम न्यौपानेले जानकारी दिनुभयो ।