मुसिकोट युनेस्को केन्द्रले पहिरो पिडितलाई गर्यो करिब ३ लाख सहयोग

साउन,गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गत श्राबण ६ गते गएको पहिरोबाट पिडित बनेका तथा बिस्थापित भएका परिवारको लागि मुसिकोट युनेस्को केन्द्र, गुल्मीले करिब ३ लाख रुपैयाको राहत बितरण गरेको छ। संस्थाका अधक्ष्य मोहन घिमिरेका अनुसार मृतकका परिवारलाई नगद ३२ हजार, खाद्यान्न बापत १ लाख २० हजार र बिपत ब्यवस्थापन कोषमा १ लाख ३० हजार गरि कुल २ लाख ८२ हजार बराबरको सहयोग बितरण गरिएको हो। सहयोग बितरण कार्यक्रममा युनेस्को क्लबहरुको राष्ट्रीय महासंघका अधक्ष्य आनन्दराज त्रिपाठी सहितको टिम सत्यवतिको लिम्घा र ठूलो लुम्पेक पुगेको थियो।
मुसिकोट युनेस्को केन्द्रले उक्त सहयोग गाउँपालिका अधक्ष्य पारिश्वर ढकालको रोहबरमा पिडितहरुलाई प्रदान गरेको हो। नेपाल लगायत विभिन्न देसमा रहेका नेपालिहरु संग सहयोग जुटाएर युनेस्कोको टिम सत्यवती पुगेको थियो। सहयोग बितरण कार्यक्रम पछि आफ्नो भनाई राख्दै गाउँपालिका अधक्ष्य पारिश्वर ढकालले मुसिकोट युनेस्को केन्द्र लगायत सम्पूर्ण सहयोगदातालाई धन्यवाद ज्ञापन गरे।