add frist

मौजामा ढिस्कोले पुरिएका मजदुरको निधनप्रति पोखरा महानगरद्वारा दुस्ख व्यक्त

पोखरा, मंसिर । पोखरा २० मा निर्माणाधीन भलाम-मौजा जोड्ने कनेक्टिङ सडक खण्डको विसौनामा रिटेनिङवाल लगाउने क्रममा मंसिर १५ गते अकस्मात खसेको माटोको ढिस्कोले पुरिएर ५ मजदुरको निधन भएको घटनाप्रति पोखरा महानगरपालिका दुस्ख व्यक्त गरेको छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार शोक विज्ञप्ति जारी गर्दै मनिपाल, र्यालेचौर,मौजा,बिसौना हुँदै सिक्लेस र मनाङ पुग्ने सडक खण्डमा कार्यरत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोला घर भएका तोबान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुडाथोकीको दुखद् निधन भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु