add frist

गृहपृष्ठ युबा गायक अमितको तीज गीत बुट्टे सारी चर्चामा (भिडियो सहित)

युबा गायक अमितको तीज गीत बुट्टे सारी चर्चामा (भिडियो सहित)

हाल अध्ययनको शिलशिलामा जापानमा रहेका गायक अमित सापकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ । अमितको ‘बुट्टे सारी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । उक्त गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा अमित र देवी घर्तीको आवाज रहेको छ । गीतमा शब्द संगीत पनि अमितको नै रहेको छ।संगीत संयोजन भने यम थापा मगरको रहेको छ। गीतको भिडियोमा अमित र कबिता कँडेलको फिचर्ड रहेको छ  ।गीतको भिडियो जापानमा नै छायाँकन गरिएको अमितले जानकारी दिए।उनका अनुसार गीतको भिडियो जापानको योकोहामा भन्ने शहरमा छायाँकन गरिएको हो।अमित योकोहामामा नै बस्दै आईरहेको छन् ।
अमितले नै निर्देशन गरेको भिडियोलाई गोबिन्द बिष्टले खिचेका हुन् । छायाँकनमा उनलाई खेमराज पौडेल र सन्तोष सापकोटाले सहयोग गरेका छन् । भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । नेपाली दिदीबहिनीहरुलाई हरितालिका तीजको अग्रिम शुभकामना दिदै अमितले गीत सुनेर रहेरेर प्रतिकृया दिन सबैलाई आग्रह गरेका छन् । भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/ywqFljtmC7A

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु