add frist

गृहपृष्ठ रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल,भदौ । “रक्तदान जिबनदान” भन्ने मुल नारा सहित बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रूपन्देहीको आयोजना  साथै इनह्वील क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जी,रोट्रयाक्ट क्लब अफ रामापिथेकसको सह-आयोजनाामा  संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ८० पिन रगत संकलन भएको थियो । कार्यक्रममा इनह्वील क्लब अफ रूपन्देहीकी अध्यक्ष मन्जु आचार्य घिमिरेले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम गरेको बताईन,रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने उनको भनाइ छ । कार्यक्रमको संयोजक इनह्वील क्लब रूपन्देहीकी संस्थापक अध्यक्ष इना उपाध्याय र नेपाल स्वयंसेवी रक्तदाता समाजका आकाश पन्तको रहेको थियो । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु