रवि लामिछानेले पाए सफाइ

काठमाडौं,पुस। आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले उनी सहित यो मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।
न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ।