राईड टु रानीमहल शुभारम्भ

जेठ, बुटवल । पर्यटन वर्षको अवसरमा साईकल सिटी बुटवल र रुपन्देही जिल्ला साईकल संघको आयोजना तथा धरोहर एडभेन्चरको सहआयोजनामा राईड टु रानीमहल औपचारिक रुपमा शुरुभएको छ । रुपन्देहीका साईक्लिष्टहरुले बुटवलबाट पाल्पाको रानीमहलसम्म साईक्लिङ मार्फत पर्यटन प्रवद्र्धनको अभियान गरेको हो । राजमार्ग चौराहाबाट शुक्रबार एक कार्यक्रमका बिच सिप्रदी अटो पार्ट गुन बहादुर श्रेष्ठ र बुटवल अटो ईन्जिनियरिङ्गका अध्यक्ष सन्तोष पाण्डेले सहभागि राईडरलाई विदाई गरेका थिए । संघका अध्यक्ष पुुकार थापाले साईलकयात्रा पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण हुने बताए । कार्यक्रममा धरान, पोखरा, काठमाण्डौ, कपिलबस्तु, दाङका ५० जना साईक्लिस्टहरु सहभागि भएका छन । यसैगरि पाल्पा पुगेका राईडरर्सलाई मखन टोल टोल विकास संस्था र वडा नंं ४ ले संयुक्त रुपमा स्वागत गरेका छन । यसैगरि कार्यक्रममा सभासद विर बहादुर रानाले पर्यटन प्रवद्र्धनका लागि स्थानिय स्तरबाट गरिएको कार्यक्रम फलदायी हुने बताए । कार्यक्रममा सहभागि सबै राईडरहरुलाई उनले खादा लगाएर स्वागत गरेका थिए । सबै राईडरहरु शुक्रबार रानीमहलमा बास बस्ने र शनिबार फर्कने संघका सचिव अशोक राईले बताए । साईकल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधारले बुटवलबाट शुरु भएको यात्रा जोरधारा, भालेबास, बर्तुङ हुदै तानसेन नगर परिक्रममा गरि रानीमहलमा पुगेको बताए ।