add frist

गृहपृष्ठ रानीगन्जको सरकारी जग्गामा भुमाफियाको गिद्धेदृष्टी

रानीगन्जको सरकारी जग्गामा भुमाफियाको गिद्धेदृष्टी

बुटवल,साउन । बुटवल उपमहानगर वडा नम्बर १७ रानीगन्जमा रहेको सुकुम्बासी बस्तीमा हुकुम्बासीहरुले गिद्धेदृष्टी लगाएको पाइएको छ । झण्डै ३ सय घरपरिवार सुकुम्बासी बस्ती रहेको जनशक्ति टोल र जनसंघर्ष टोल अन्तर्गत रहेको करिब १० बिगाहा १० कट्टा जग्गा केही भुमाफियाहरुको सक्रियतामा कब्जा गर्ने प्रयत्न भएको स्थानिय बासिन्दाले बताएका छन । स्थानिय केही भुमाफिया र जनप्रतिनिधी समेतको मिलोमतोमा हुकुम्बासीको समुहले किर्ते जालसाजी गरि सुकुम्बासी बस्तीको उक्त जग्गा हडप्न खोजेको उनिहरुले बताए ।
स्थानिय प्रेमसागर तिवारीका अनुसार साविक मोतिपुर गाविस वडा नम्बर १ रानीगन्ज अन्तर्गत नेपाल सरकारको नाममा रहेको प्लट १ (क) कित्ता नम्बर ४७ को कुल १ सय ११ बिगाहा १३ घुरमध्ये करिब १० बिगाहा १० कट्टा जग्गा केही ब्यक्तिहरुले नक्कली कागजपत्र बनाई लालपुर्जा निकाल्ने प्रयास भैरहेको छ । बुटवल १ निवासी राजेशमान श्रेष्ठको नाममा नक्कली वारेस खडा गरि स्थानिय केही ब्यक्ति र जनप्रतिनिधीहरुको समेत मिलोमतोमा उक्त जग्गा कब्जा गरि त्यहाँका वास्तविक सुकम्बासीलाई बिस्थापित गर्ने षडयन्त्र भैरहेको तिवारी बताउछन ।  स्थानिय हरिलाल न्यौपाने, लालु खड्का, चिन्तामणी पाण्डे, गोपाल पाण्डे लगाएतका ब्यक्तिहरुले उक्त जग्गा हडप्ने उद्देश्यले बिभिन्न प्रपन्च रचेको, मालपोत कार्यालय, नापी कार्यालय लगाएतका निकायमा नक्कली लगत खडा गर्ने प्रयत्न गरेको भन्दै उक्त कार्य रोक्नका लागि प्रधानमन्त्रीको कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयसम्म बिभिन्न निकायमा उजुरी गरिएको गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिले जनाएको छ । उक्त जग्गा तत्कालिन श्री ५ को सरकारको नाममा कायम भएको र उक्त जग्गामा बिगत डेढ दशकदेखि सुकुम्बासी बस्दै आएकोले उक्त जग्गा सुकुम्बासीकै हुनुपर्ने दावी समितिले गरेको छ । बिगत १५ बर्षदेखि सुकुम्बासी बस्तीमा घरटहरा बनाई बसोबास गर्दै आएका ब्यक्तिहरुलाई जग्गा हडप्न खोज्ने तत्वले रातीमा आई धम्काउने, तर्साउने गरेको, यो जग्गा हाम्रो हुँदैछ तिमिहरुले छोड, नत्र हामी जवरजस्ती हटाउछौं भन्दै धाकधम्की दिने लगाएतका कार्यहरु गर्दै आएको स्थानिय गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिका संयोजक समेत रहेका तिवारीले बताए । तत्काल उक्त सुकुम्बासी बस्ती नछोडे सुकुम्बासीमा बिभिन्न ब्यक्तिहरुलाई भौतिक कारबाही गर्ने समेत धम्की दिएको र भुमाफियाहरुले सुकुम्बासीहरुलाई बिस्थापित गरि जग्गा हडप्न खोजेको तिवारीले उल्लेख गरे । उक्त जनशक्ति टोल अन्तर्गत जनसंघर्ष टोलमा करिब ३ सय सुकुम्बासी घर सहित गौतम बुद्ध बिहार, शिवालय मन्दिर, सामाजिक भवन, ज्ञान घर, समिति भवन लगाएतका संरचना आदी रहेको तिवारी बताउछन । सरकारले बिजुली, पानी, बाटो, घाटो सबै ब्यबस्था गरेको र अव सुकुम्बासीहरुले लालपुर्जा पाउने अपेक्षा गरिरहेको बेलामा यस प्रकारको खबरले सम्पुर्ण सुकुम्बासी बस्तीमा त्रास छाएको पनि तिवारीले बताए । पानी बिजुलीको कार्ड समेत आफुहरुसँग रहेको भन्दै उनिहरुले उक्त जग्गा हडप्न खोज्ने माथि तत्काल छानविन गरि कारबाही गर्न पनि माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु