रोजगार ईन्टीच्युट(जे एन सर) ईपिएसमा उत्कृष्ठताको दाबी
"स्कील टेस्ट पनि शुरु"

बुटवल, असार । बुटवल ट्राफिकचोकमा रहेको रोजगार ईन्टीच्युट द्वारा सञ्चालीतले भ्रखर मात्रै प्रकाशन भएको ईपिएस(कोरीया)को नतिजामा आफु सवोत्कृष्ठताको दाबी गरेको छ । जगन्नाथ न्यौपाने(जे एन सर) प्रिन्सीपल रहेको रोजगार ईन्टीच्युटले ८५.२७ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराउँदै उत्कृठताको दाबी गरेको छ । आइतबार ईन्टीच्युटमै एक कार्यक्रमको आयोजना गरी पास भएका बिद्यार्थीहरुलाई बधाई तथा सफल जिवनको लागी शुभकामना ब्यक्त गरीएको थियो । रोजगार ईन्टीच्युटले सहभागी गराएका २ सय ९२ जना बिद्यार्थी मध्य २ सय ४९ जना बिद्यार्थीहरु उत्तिर्ण गराउँदै आफु सवोत्कृष्ठ भएको दाबी गरेका हुन् । बुटवलमा आईतबार भएको कार्यक्रममा बोल्दै रोजगार ईन्टीच्युटका सञ्चालक अर्जुन बिश्वकर्माले आफुहरुको कडा मेहेनत तथा बिद्यार्थीहरुको दृढताका कारणले गर्दा अहिले यो अबस्थामा आफुहरु आएको बताए । उनले उत्तीर्ण भएका बिद्यार्थीहरुलाई सफल भविष्यको लागि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रन्सीपल जे एन सरले आफुले समय समयमा लिएका परिक्षाको नतिजाले ईपिएसमा यो उचाईमा पुगेको बताए । उनले अहिलेको अबस्ता कम्पीटिसनको जमना रहेको बताउँदै उनले उत्तीर्ण नभएका हरुले पनि हार नखाई अर्को पटकको लागि तयार रहन आग्रह गरेका थिए । उनले आफुहरुले आफ्नोमा सिक्नको लागि केही समस्या नभएको बताउँदै स्कील टेस्टको लागि मात्रै ४ सेट ल्याएको बताए । उनले ईपिएस संगै स्कील टेस्टमा पनि उत्तीर्ण हुनको लागि सफल जिवनको लागि शुभकामना ब्यक्त गरे । उनले आफुले बताएका संभावीत प्रश्न मध्य ३७ वटा प्रश्न मिलेको उनले बताए । कार्यक्रममा बोल्दै आवान्ते कोरीयन ल्याङ्गवेज ईन्स्टीच्युटका बरिस्ठ परिक्षक रोसन आचार्यले ईपिएस मात्रै पास हुदैमा कोरीया जान नपाउने उल्लेख गर्दै अब स्कील टेस्ट पनि महत्वपुर्ण रहेको बताउँदै भाषामा नम्बर कम भए पनि स्कील टेस्टबाट त्यसलाई परिपुर्ति गर्ने अवसर रहेको र त्यसमा कार्य गर्न आग्रह गरेका थिए । उनले अरु बोलेर मात्रै बसेकोमा जेएन सरले गरेको कार्य प्रसंसनिय रहेको उल्लेख गरे । यस्तै कार्यक्रमा बोल्दै सहायक प्रीन्सीपल नन्दु घिमिरेले बोल्दै सबैको सहयोग र सहकार्यले आफुहरु यहाँ सम्म आएको र सहयोग पु¥याउने सबैलाई आभार ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै सहायक प्रीन्सीपल सालिकराम अधिकारीले बोल्दै सबैको सहयोग र बिद्यार्थीलै नै चाहेकोले यो सफलता हासील गरेको बताए । उनले हरेक वर्ष उत्कृष्ठतालाई निरन्तरता दिने बताए । यहि वर्ष पास आउट बिद्यार्थी कमला गीरीले कार्यक्रम सञ्चालन गर्दै आफुहरुलाई सिकाउन महत्वपुर्ण योगदा दिएकोमा आभार ब्यक्त गरेका थिए । बिगत लामो समयदेखि सञ्चालनमा रहेको रोजगार ईन्टीच्युटले हरेक समयमा उत्कृष्ठ नतिजा ल्याउँदै आएको छ । यसले कोरीया जान चाहेका हरेक ब्यक्तिहरुलाई उत्कृष्ठ नतिजाका साथमा कोरीया पठाउँदै आएको छ ।