add frist

रोट्रयाक्ट क्लवद्वारा नि:शुल्क दन्त तथा आँखा शिबिर सम्पन्न

बुटवल,मंसिर । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको आयोजनामा नि:शुल्क दन्त तथा आखा शिबिर सम्पन भएको छ । शनिवार सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे स्थित श्री जनज्योति प्राथमिक विद्यालयमा निशुल्क आँखा तथा दात शिविरको आयोजना गरिएको हो ।

श्री कृष्ण दाँत तथा आखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विषेशज्ञ सरोज गैरे र दाँत विशेषज्ञ कृष्ण गैरे साथै प्राविधिक तर्फ अन्जना घिमिरे, कविता पाठक र खुस्बु थापा रहेका थिए । रोट्र¥याक्ट क्लव अफ तिलोत्तमा देवदह बर्ष २०१९/२० का अध्यक्ष रोट्र¥याक्टर दिपेश अर्यालको अध्यक्षता र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष खिमानन्द भुसाल, विद्यालयका प्रधानाध्यापक चन्दा चौधरी, क्लवका पूर्व अध्यक्षद्धय माधव ढकाल र गणेश सापकोटा लगायतले बोल्दै क्लवले प्रशंसनिय कार्य गरेको बताए ।

पूर्व अध्यक्ष माधव आचार्यले कार्यक्रम माथि प्रकाश पारेका थियो । क्लवका वर्ष २०१९/२० का उपाध्यक्ष अर्जुन गुरुङ्गको स्वागत र सचिव मनिलाल तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिव २०० जनाले आँखा तथा दातको उपचार गराएका थिए । साथै निशुल्क औषधी तथा चस्मा पनि क्लवले वितरण गरेको थियो । अन्तराष्ट्रिय सामाजिक संस्था रोट्र¥याक्ट क्लव सदैव सामाजिक कार्यमा सरिक रहनेभएको हुनाले मानिसको अभिन्न अङ्ग आँखा तथा दाँतलाई लक्षीत गरी शिविरको आयोजना गरेको कार्यक्रम संयोजक रोट्याक्टर सरोज गैरेले सत्यदीप सन्देश लाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु