रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न

देवदह,साउन । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहले शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्ष रोपौ, वातावरण जोगाउ भन्ने मूल नाराका साथ करीब ८० जनाको उपस्थितीमा १५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा स्मृति सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा वृक्षरोपण गरिएको हो । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सह आयोजनामा स्मृति सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा वृक्षरोपण गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष दिपेश अर्याल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रेशम खड्काले संयुक्त अध्यक्षता रहेको थियो । स्मृति सामुदायिक बनका अध्यक्ष भरत गुरुङ, क्लबका पूर्व अध्यक्ष माधव ढकाल, माधब आचार्य तथा ई.पि अर्जुन गुरुङ लगाएतको सहभागिता रहेको उक्त कार्यक्रम रस्मिता न्यौपानेको स्वागत, रेशम खड्काको धन्यवाद ज्ञापन र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका सचिब दिनेशमणि सुवेदीको संचालनमा सम्पन्न भएको छ ।