add frist

रोट्रायाक्ट क्बल अफ तिलोत्तमा देवदहको सातौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल,साउन । रोट्रायाक्ट क्बल अफ तिलोत्तमा देवदहले सातौ पदहस्तान्तरण कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०१८–१९ का अध्यक्ष गणेश सापकोटाले १९-२० का अध्यक्ष दिपेश अर्याललाई पद हस्तान्तरण गरेका छन । कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले गमलामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै खत्रीले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्क गदै यि संस्थाहरुलाइ अझ व्याबस्थीत बनायर अगाडी लैजानु पर्ने बताए । स्वार्थ भन्दा माथि उठेर समाज सेवा गर्ने भन्दै उनले व्यक्तित्व विकास अबसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहेको बताए । उनले नगरको समृद्धी जनता, खुसी जनता नारालाई सार्थक बनाउन सामाजिक संघ संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताए । कार्यक्रममा बर्ष २०१८–०१९का अध्यक्ष रोट्यक्टर गणेश सापकोटाले वर्ष भरि गरेका कामहरुको समिक्षा र प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष रोट्यक्टर दिपेश अर्यालले समयको महत्वलाई बुझेर सामाजिक कार्यमा अग्रसर हुने बताए । स्वार्थ भन्दा माथि उठेर समाज सेवा गर्ने भन्दै उहाँले व्यक्तित्व विकास अबसर को सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथामिकतामा रहेको बताए । कार्यक्रममा एसिस्टेन डिष्ट्रिक गर्भनर ३२९२ का यजाज आलम ,रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही का अध्यक्ष रोटरियन कृष्ण प्रसाद शर्मा , रोट्रायाक क्लब अफ तिलोत्तमा देवदहका संस्थापक अध्यक्ष गोपि कृष्ण तिवारीको सहभागिता पुर्ब अध्यक्ष किशु शर्माको सुभकामना, माधब आचार्यले अध्यक्षको सम्िक्षप्त जिवनि, रोटरि क्लब अफ देवदह का अध्यक्ष कृष्ण प्रसाद पौडेल , देवदह ब्यापार संघका अध्यक्ष कोश बहादुर गुरुङ , देवदह उद्योग संघका अध्यक्ष गोपाल ढकाल , टुईन क्लब कि पुर्ब अध्यक्ष शृष्टि त्रिपाठि, डिस्टिक ३२९२ का जेड.आर.आर , ये.डि.टि, ये.डि.आर.ले सुभकामना मन्तव्य राखेका थिए । साथै देवदह इ. बो. स्कुलकि बिधालय संचालिका सुजाता लामिछाने पौडेल, अन्त्रातिका पुग्ने पहिलो नेपाली ब्यक्तित्व भुवनशिह बिश्वकर्मा,रोटरिका पुर्ब अध्यक्ष, जोन ११ र १२ का अध्यक्ष र पुर्ब अध्यक्ष अनि स्थानीय संघ सस्थाको प्रतिनिधित्व गरि १०७ जना व्यक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रममा रोट्रायक क्बल अफ तिलोत्तमा देवदह का राजु पाण्डेयको स्वागतमा,रोट्रायक क्बल अफ तिलोत्तमा देवदहकि सह कोषाध्यक्ष चन्दा पाठकको धन्यवाद र पहिलो चरण सुनिल गिरि र दोस्रो चरण मनि तिवारीले कार्यक्रम संचालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु