add frist

लकडाउनले रोक्यो बालविवाह

हेटौँडा। बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुरमा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ ।

सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ ।

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनकीसम्झना अधिकारीले बताइन् ।

उनले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताए। चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु