लकडाउन वैशाख ३ सम्म लम्बियो

बुटवल,चैत । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हटाउन गरेको लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल २५ गते रातको १२ बजेसम्म कायम रहेको लकडाउनलाई ८ दिन थप गरी बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिको बैठकले १० चैत बिहान ६ बजेबाट १८ चैत लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । त्यसैगरी चैत १६ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते रातको १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।