add frist

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चलाइयो

बुटवल,माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकास संगै प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि बढाउन थालेको छ ।

पटक(पटक सुचनम प्रकाशीत गरेर सटर खालि गर्न ब्यबसायिलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्बसायिक सटरहरु रहेका छन ।

जिल्ला अदालत रुपन्देही मा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाए संगै अस्पताल बिकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम उपर पनि ब्यबसायिहरुले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाईएको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु