लैंगिक हिंसा विरुद्ध एक दिने अंतरक्रिया

बुटवल,मंसिर । जनसंख्याको आधा भन्दा बढि संख्यामा रहेका महिलाहरू हिंसापीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्ध मनाइने दिवस मध्ये महत्वपूर्ण र चरणवद्ध दिवस – १६ दिवसीय अभियान हो । यस वर्ष “लिभ नो वान विहान्डः इन्ड भ्याइलेन्स अगेन्स ओमन एण्ड गल्र्स” भन्ने अन्तर्रा्ष्ट्रिय नारा र “लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौंः कोहि नछुटौं” भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गते २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म महिला हिंसा विरुद्ध १६ दिवसीय अभियान सञ्चालन भइरहेको छ । यसै संन्दर्भमा बिहिबार इनरव्हील क्लब अफ रूपन्देहीले लैंगिक हिंसा विरुद्ध एक दिने अंतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा,कालिका टोल विकाश संस्था टोल न. १ का अध्यक्ष कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको लैंगिक हिंसा सम्बन्धि बृहदरूपमा सहजिकरण क्लबको निवर्तमान अध्यक्ष साथै अधिवक्ता हेमा न्यौपाने गरेकी थिइन् । हरेक दिन महिलामाथि हुने हिंसाको श्वरुपहरु फेरिदै छ । कतै दाइजो नपाएर बुहारीलाई जिउदै जलाउने, कही बोक्सीको नाममा महिला माथि हुने याताना , कहि बलात्कर त सामाजिक संजालको माध्यमबाट महिला माथि हुने हिंसा । यो सबै घटना रोक्न सोचमा परिवर्तन र कडा कानूनको आवश्यता रहेको कार्यक्रमका सहभागिहरूले बताएका थिए ।