add frist

संघ र प्रदेशको काम कार्यका विषयमा अन्तरक्रिया

बुटवल, पुस । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संघ र प्रदेशले मंसिर महिनाभरीे गरेको काम कार्यको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा मंसिर महिनामा संसदीय समितिका गतिबिधिहरूमा उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,विकाश तथा प्रविधि समिति,दिगो विकास तथा सुशासन समिति,विधायन व्यवस्थापन समिति,अन्तरराष्ट्रिय सम्बन्ध समिति र सार्वजनिक लेखा समितिको काम कार्यको बिषयमा छलफल गरिएको हो ।

नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेश सभाका गतिबिधिहरूको बारेमा सहजिकरण गरेका थिए । नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले संसदीय समितिका गतिबिधिहरूको बिषयमा सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपा बि.क., प्रदेश सभा सदस्य पुष्पा चौधरी,नेपाल कानुन समाजका कमल प्रसाद मलेगो, वडा नं. ४ का सचिव राधिका पाण्डे,वडा सदस्य सुरेन्द्र कुमार श्रेष्ठ लगायतले विभिन्न सुझाव दिएका थिए । संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु