add frist

सत्य, तथ्य बुझेर निश्पक्ष रुपमा पत्रकारिता गर्न उपप्रमुख गुरुङको सुझाव

देवदह । देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले पत्रकारलाई कसैको पनि दवाव र प्रभावमा नपरि सत्य तथ्य बुझेर निश्पक्ष रुपमा पत्रकारिता गर्न सुझाव दिएकी छिन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४औं स्थापना दिवसको अवसरमा बोल्दै श्रमजीवी पत्रकारको अवस्था चुनौतीपूर्ण रहेकाले दुषित मानसिकताले खलबलाउने जोकोहिबाट कत्ति पनि विचलित नभई सक्रिय रुपमा चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्न समेत आग्रह गरिन्। उनले अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा र श्रमजीवी पत्रकारहरुको हकहित, अधिकार र सुरक्षा सुनिश्चितका लागि फोनिजको महत्वपूर्ण भूमिका रहेको बताईन्।’राष्ट्रिय जनगणना २०७८ नतिजा र आदिवासी जनजातिका सवाल’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले समाज परिवर्तन र समानता कायम गर्न कलम मार्फत पत्रकारहरु निरन्तर जागरुक हुनुपर्ने बताईन् । उनले आफूले हरेक चुनौतीको सामना गर्दै आन्दोलनबाट नै नेतृत्वमा पुगेको बताउँदै पत्रकारले आफ्नो हक अधिकार र सुरक्षाको सुनिश्चित गर्न आफ्ना कलमबाट आवाज उठाएर नागरिकहरुको समेत आवाज विहिनको आवाज बनेर समाज परिवर्तनमा लाग्नुपर्ने बताईन्। धर्म संस्कृति, मूल्य मान्यता र रितिरिवाजको रक्षाका लागि नागरिक, पत्रकार र सरकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन्। पत्रकारिता क्षेत्रमा पहिचान बनाउनका लागि पत्रकारले दक्षता र क्षमता सँगै आफूलाई निखार्दै सक्रिय भएर निरन्तर अगाडि बढ्न आग्रह गरिन्। पत्रकारिता पेशामा रहेका पत्रकारहरुको हकहित र सामाजिक सुरक्षाको पक्षमा फोनिज सधैं लागिरहेको फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाले बताए।भाषा, धर्म, संस्कृति र रितिरिवाजको संरक्षण गर्दै समाजमा रहेका अन्धविश्वास, कुरिति, विकृति, विसङ्गति र हिंसा निर्मूल पार्न सुशासन र समाज परिवर्तनका लागि कलम चलाउनुपर्ने बताए। पत्रकारले आफ्नो पहिचानका लागि कार्ड भिरेर मात्र पत्रकार नभईने भन्दै दक्षता र क्षमताका साथ पत्रकारिता पेशामा सक्रिय भएर लाग्नुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले बताए । पछिल्लो समयमा कतिपयले महासंघको कार्ड प्राप्त गर्न र भएको कार्ड जोगाउनका लागि मात्र पत्रकारिता गरेको बताए। पत्रकारहरुको अवस्था,हक,हित र अधिकारको कसैले पनि हनन गर्न नहुने फोनिज लुम्बिनी प्रदेश ईन्चार्ज मिलन गाहाले बताए। पत्रकारका मर्म बुझेर पत्रकारहरुलाई निरन्तर सक्रिय बनाउन र अगाडि बढाउन पत्रकार महासंघ र तीन तहको सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। उनले पत्रकारहरु राजनितिक दलहरुको पछि नलागि सहि,सत्य र निश्पक्ष भएर पत्रकारिता गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु